मान्छेको मलद्वारमा माहुरीले गोलो लागाएपछि…

145

एजेन्सी, भदौ १०,
काठमाडौं । मौरीले विभिन्न ठाउँमा घार बनाएको त देख्नुभएकै होला । तर, के मौरीले मान्छेको मलद्वारमा गुँड लगाएको देख्नुभएको छ ? अहिले सोसल मिडियामा एउटा तस्वीर तथा भिडियो भाइरल छ, जसमा एकजना मानिसको नितम्बमा माहुरीको गोलो देखिन्छ । पाइन्ट लगाएको उक्त मान्छेको मलद्वार क्षेत्रमा बाहुरी झुम्मिएका छन्, भुन्भुनाइरहेका छन् । दृश्य देख्दा जो कोहीलाई हाँसो थाम्न गाह्रो हुन्छ ।

इन्टरनेटमा यो भिडियोप्रति प्रतिक्रिया जनाउने हजारौँ छन् । अरु त अरु यो भिडियोलाई भारतका एकजना मन्त्रीले आफ्नो ट्वीटरमा समेत शेयर गरेका छन् । भारतको नागाल्याण्डमा मात्र यस्तो हुने उनले ट्वीटरमा लेखेका छन् । सोसल मिडियामा यो भिडियोप्रति अनेक खालका प्रतिक्रिया आएका छन् । एकजनाले लेखेका छन्, ‘यी युवकले बिहान खाजामा अवश्य पनि धेरै गुलियो चिज खाएको हुनुपर्दछ ।’ अर्को एकजनाले लेखेका छन्, ‘यस्तो लाग्दछ कि उनको मलद्वारबाट फूलको सुगन्ध आउँदछ ।’

भिडियोको लागि यहाँ थिच्नुहोस्