११० किलो ‘ब्राउन सुगर’ सहित १ जना पक्राउ

654

भदौ १०,
वीरेन्द्रनगर । कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट १ जना व्यक्ति १ सय १० किलो ब्राउन सुगरजस्तो देखि धूलो पदार्थसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने २२ वर्षीय राकेश थापा क्षेत्री छन् । उनलाई सोमबार दिउँसो ब्राउन सुगरजस्तो देखिने धूलो पदार्थ १ सय १० केजीसहित प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले थापाको साथबाट बरामद भएको धूलो पदार्थको परीक्षण गर्ने काम भइरहेको जनाएको छ ।

प्रहरीले सुर्खेतबाटै एकजना अर्का लागू औषध ‘तस्कर’लाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का अर्जुन बिक छन् । प्रहरीका अनुसार अर्जुनको साथबाट ९ सय ४० किलोग्राम ब्राउन सुगर फेला परेको छ ।