सुनको मूल्य घट्यो, प्रतितोला ७२ हजार ६० रुपैयाँमा कारोबार

256

भदौ १०,
काठमाडौं । आज नेपाली बजारमा सनको मुल्य घटेको छ। भदौ ९ गते ७३ हजार ५ सय पुगेको सुनको मुल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७२ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य ७२ हजार ३ सय रहेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य तोलाको ८६० रुपैयाँ रहेको छ। पछिल्लो समय सुनको मूल्यमा उतारचढाव आइरहेको छ।