पुरुषलाई ठग्ने तरिकाः एरजहोस्टेस भन्दै फेसवुक मार्फत ठगी

156

भदौं ९,
काठमाडौं । एरजहोस्टेस भन्दै फेसवुक मार्फत सम्पर्क बढाइ ठगी गर्ने झापा अर्जुनधारा नगरपालिका ६ की २७ वर्षीया तविता राई पक्राउ परेकी छन् । गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसवुक आइडी खोली फ्रेन्ड रिक्वेस्ट पठाई म्यासेजमा कुरा गरी नजिकिँदै ठगी गरेको आरोपमा राई पक्राउ परेकी हुन् । उनले आफ्नो घर सिक्किम रहेको र आफु जेट एयरलाइन्सको एयर होष्टेसको रुपमा काम गर्दै आइरहेको बताउँदै आएकी थिन् । आकश्मिक समस्या देखाई विभिन्न पुरुषसँग रकम माग गरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । दुई जना पुरुषको उजुरीको आधारमा पक्राउ परेकी राईमाथि जिल्ला अदालत झापावाट ६ दिन म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।