पहिरोले ट्रक बगायो

156
फाइल तस्बिर

साउन १३,
गुल्मी । भीषण बाढी र पहिरोका कारण गुल्मीको चन्द्रकोट गाउँपालिका र छिमेकी सत्यवती गाउँपालिकामा दर्जनौं घर विस्थापित भएका छन् । एउटा ट्रक पहिरोले बगाएको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ को रुपाकोट शान्तिपुर जोड्ने मोटरबाटो अन्तर्गत खसीमारे भन्ने स्थानमा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको र एउटा मालवाहक ट्रक बगाएको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले बताए । उनका अनुृसार सोही गाउँपालिका वडा नम्वर ८, तुराङ्गमा पहिरोले चार घर परिवार विस्थापित भएका छन् । विस्थापितहरु जनता बाल निकेतन मावि पिपलनेटामा ल्याएर राखिएको छ । वडा नम्वर ७ को रुपाकोटमा पनि दुई घर विस्थापित भएको र थप विवरण आउन बाँकी छ ।