एक वर्षेमा यस्तो काम गर्ने पर्यटनमन्त्रीको तयारी

62

भदौं ९,
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६/०७७ मा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रम अनुसार मन्त्री भट्टराईले यही आर्थिक वर्षबाटै लागू हुने गरी ७० वर्ष माथिका वृद्धवृद्धलाई हवाई टिकटमा ५० प्रतिशत छुटको घोषणा गरेका छन् ।

त्यसैगरि अपांगता भएका नागरिकलाई हिन्दुहरूका आराध्यदेव पशुपतिनाथका चारै ढोकासम्म पुग्ने गरी ह्वील चियरसहितको पूर्वाधार बनाइने बताएका छन् । मन्त्री भट्टराईले नेपाल वायु सेवा निमगका सबै जहाज उडाउने गरी व्यवस्था गरिने बताएका छन् । उनले चीनको गोन्झाउमा उडान भर्ने सहमति आइसकेको पनि जानकारी दिए । उनले लुम्बिनीमा मेडिटेसन सेन्टर सञ्चालनका लागि युनेस्कोसँग छलफल गरिरहेको बताए । भट्टराईले त्रिभुवन विमानस्थलमा सम्माननीयलाई मात्रै गाडीसहित जाने व्यवस्था गरिने उल्लेख गरे। मन्त्री भट्टराईले पर्यटन वर्ष २०२० सफल बनाउनका लागि एक नेपाली एक पर्यटक अवधारणा अघि सारेका छन्। उनले नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरूको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने बताएका छन् । -थाहाखबरबाट