नेपालमा साउथ मूभी ‘लाइगर’ राति मात्र प्रदर्शन गर्न अनुमति

73

काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको निर्देशनमा भारतीय फिल्म ‘लाइगर’ बिहीबार राति मात्र नेपाली हलमा रिलिज हुने भएको छ । बिहीबार बिहान प्रदर्शन गर्दा चलिरहेका नेपाली फिल्मलाई व्यावसायिक असर पर्ने भन्दै केसीले वितरक र हल सञ्चालकलाई यस्तो निर्देशन दिएका हुन् । उनले नेपाली फिल्मलाई मर्का पर्न सक्नेतर्फ पनि गम्भीर बन्न हल सञ्चालकलाई आग्रह गरेका थिए । भुवनको निर्देशनपछि सबै मल्टिप्लेक्सले राति ८ बजेपछिको शो मात्र सार्वजनिक गरेका छन् । नेपालको ठूलोमध्येको एक मल्टिप्लेक्स आईएनआईका सुरेन्द्र थापाका अनुसार बोर्डले सुरुमा बिहीबार लगाउन निर्देशन दिएको र पछि फेरि राति चलाउन भनेको जानकारी दिए ।

सर्भर तथा वितरण कम्पनी डिजिटल सिनेमा नेपालका एक प्रतिनिधिले चाहिं भारतमा पनि राति नै प्रदर्शन हुने भएकाले नेपालमा पनि राति देखाइन लागिएको बताए । ‘निर्माताको आग्रह अनुसार नै हामीले राति चलाउन भनेका हौं,’ उनले भने ।