Saturday, October 3, 2026
Home राजनीति काठमाडौंबाट चितवन एक घण्टामा हेलिकप्टरमा झुन्डिएर जाने हो अर्थमन्त्रीज्यू ?

काठमाडौंबाट चितवन एक घण्टामा हेलिकप्टरमा झुन्डिएर जाने हो अर्थमन्त्रीज्यू ?

48

काठमाडौं : नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले काठमाडौंबाट चितवन एक घण्टामा हेलिकप्टरमा झुन्डिएर जाने हो ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै पूर्वमन्त्री समेत रहेका पण्डितले भने, ‘योजना त आयो अर्थमन्त्रीज्यू, एक घण्टामा काठमाडौंबाट चितवन हेलिकप्टरमा झुन्डिएर जानुहुन्छ ? के योजना हो ? कति पैसा छुट्ट्याएको छ ? यस्तो हावादारी हिसाबले प्रस्तुत भएर यही नै ठीक हो भन्ने हो भने कसरी समर्थन गर्ने?’उनले स्वास्थ्य र शिक्षा निजी क्षेत्रलाई मात्रै जिम्मा लगाएर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए।’होइन भने किन बजेट बढाइएन?’ उनले भने, जुन ठाउँमा केही पनि पूर्वाधार छैन त्यहाँ मेडिकल कलेजका लागि बजेट जाने जहाँ भौतिक संरचना पूर्ण रुपमा तयार भएको छ संचालन खर्च मात्रै दियो भने मेडिकल कलेज चल्छ। किन नसोच्नुभएको होला?’