एनआइसी एशिया बैंकलाई ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’

179

साउन ८,
काठमाडौं । एनआइसी एशिया बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यानंले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । आइक्यानले यो वर्षको छनोट भएका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए)अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले सो अवार्ड बैंककातर्फबाट एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानलाई हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, वित्तीय प्रतिवेदन मध्ये फस्ट रनरअप एनआइसी अर्थात दोश्रो एनएमबी बैंक र सेकेन्ड रनरअप अर्थात तेश्रो सिटिजन्स बैंक भएको थियो । बैंकका प्रतिनिधिले अर्थमन्त्रीबाट अवार्ड ग्रहण गरेका हुन् ।

त्यस्तै, विकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट९बीपीए०’ अवार्ड महालक्ष्मी विकास बैंकलाई प्रदान गरिएको छ । त्यसैगरी माइक्रोफाइनान्स तर्फ फस्ट रनरअप फर्स्ट माइक्रोफाइनान्स भएको छ ।

साथै, उत्पादनमूलक समूहतर्फ बुटवल पावर कम्पनी, सेवामूलकतर्फ र्याडिसन होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रलाई अवार्ड प्रदान गरिएको जनाएको छ ।