साम्राज्ञीको प्रेमीसँगको विकिनी फोटो बन्यो भाइरल

1825

साउन ५,
काठमाडौं । अहिलेकी चल्तीकी अभिनेत्री साम्राज्ञी आरएल शाहको रिल लाइफको चर्चा जति हुन्छ त्योभन्दा कम हुँदैनन् रियल लाइफको पनि ।  कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारणले उनको आलोचना भयो त कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि विवादमा फसिन् ।   उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् देवाङ्कस ।

भदौ १३ मा रिलिज हुने फिल्म ‘मारुनी’ र दशैं टार्गेट फिल्म ‘रातो टिका निधारमा’ को छायांकन सकेपछि केही दिनको ‘होलिडे ट्रिप’ का लागि अभिनेत्री साम्राज्ञी प्रेमी देवाङ्कससँग इन्डोनेशियाको बाली पुगेकी छन् । बालीको एक समुन्द्री किनार नजिक उनले रातो विकिनीमा खिचेका तश्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । तश्विरलाई लिएर दर्शकबाट उनले ताली कम गाली ज्यादा पाइरहेकी छन् । तर, यसको उनलाई कुनै प्रवाह छैन ।

शुक्रबार दिउँसो प्रेमीसँग समुन्द्री किनारमा रातो विकिनीमा रोमान्स गरेको तश्विर बाहिरिएपछि भने साम्राज्ञीको फेरि एकाएक चर्चा चुलिएको छ । तीन तश्विरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तश्विरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए । धेरैले यसलाई अपाच्य तश्विरको रुपमा ब्याख्या गरेका छन् । भने, यसले साम्राज्ञीको छविमा समेत असर पुग्ने कतिपयको टिप्पणी छ ।