‘जस्ट अनादर लभ स्टोरी’मा प्रियंका र सृष्टिको प्रेम र रोमान्स (भिडियो)

400

साउन ५,
काठमाडौं । नायिका प्रियंका कार्कीले निर्माण गर्दै गरेको वेभ सिरिज जस्ट अनादर लभ स्टोरीको साउन्ड ट्रयाक सार्वजनिक भएको छ । ‘पह ’ बोलको गीतमा प्रियंका र नायिका सृष्टि श्रेष्ठको रोमान्सलाई देख्न सकिन्छ । मायाको भाव बोल्ने गीतमा साजन राज विद्याको संगीत तथा स्वर छ । छायाँकन अविन भोले गरेका हुन् भने फोटोग्राफी आयुष्मान जोशीको छ । दुई युवतीको प्रेम कथा बोल्ने वेभ सिरिज अगस्ट १६ देखि रिलिज हुनेछ । प्रियंका आफ्नै च्यानलबाट अपलोड गरिएको पहर बोलको गीतलाई छोटो समयमा धेरै दर्शकले हेरिरहेका छन् र मन पनि पराइ रहेका छन् । प्रियंका आफैले निर्देशन गरिरहेको वेभ सिरिजबाट निकै उत्साहित छिन् ।