Sunday, October 18, 2026
Home मनोरन्जन आँचल र पलको सम्बन्ध सकियो त ?

आँचल र पलको सम्बन्ध सकियो त ?

399

साउन ३,
काठमाडौं । सिनेनगरीमा आँचल शर्मा र पल शाहको ब्रेकअपको चर्चा बासी भइसक्यो। पलले पूजा शर्मासँग फिल्म खेल्न राजी हुनु नै यसको प्रमाण हो। नत्र पूजालाई फुटेको आँखाले पनि देख्न नसक्ने आँचल पललाई पूजासँग फिल्म खेल्ने अनुमति दिन कसै गरी राजी हुन्नथिन्। सेलिब्रिटीको प्रेममा दुइटाको बीचमा तेस्रो आएपछि ब्रेकअप हुन्छ। अहिले आँचलको जीवनमा अर्को कोही आएको हल्ला छ। र, यो हल्लालाई सही साबित गर्दै छिन्, आँचल स्वयं। उनले गत हप्ता आफ्नो इन्स्टामा एक युवकको फोटो राखिन्। यी फोटोमा भएका व्यक्ति थिए, अभिनेत्री तथा भलिबल खेलाडी सिपोरा गुरुङका पूर्वप्रेमी, उदीप श्रेष्ठ। उदीप र सिपोराले इन्गेजमेन्टसमेत गरेको हल्ला थियो।

यिनै उदीपलाई आँचलले आफ्नो ‘बेस्टेस्ट फ्रेन्ड’का रूपमा इन्स्टामा परिचित गराएकी थिइन्। मिल्ने साथीलाई ‘बेस्ट फ्रेन्ड’ भन्दा पनि पुगिहाल्थ्यो तर ‘बेस्टेस्ट’ लेखेर आँचलले उदीपसँगको गाइँगुइँलाई आफैँ पुष्टि गरिदिइन्। तर, जब फोटोले समाचारमा स्थान पाउन थाल्यो, उनले फोटो डिलिट हानिन्। यदि आँचलले लेखेझैँ उदीप साथी मात्र थिए भने किन फोटो डिलिट गर्नुपथ्र्यो र ?