‘घर त माटोमा मिलिसकेछ’

133
सांकेतिक तस्विर

नेपाल समाचारपत्र
साउन ३, काभ्रे । सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो यो विपत्तले । यही विपत्तिको चपेटामा पर्नुभयो काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा।नं ११ स्थित पातलेखेत निवासी सविन धिताल पनि । यही साउने संक्रान्ति याने १ गते साउनको दिनको कुरो हो । सविन दिनभरि आप्mनै पसलमा व्यस्त हुनुहुन्थ्यो । घर फर्कदा अबिरल बर्षा भैरहेको थियो । त्यही दिन बुधबार राति ४ बजेर २० मिनेट जाँदा निद्रामै घर घुमेजस्तो लाग्यो उहाँलाई । बाहिर निस्केर हेर्दा त तल्लो तलाको उत्तरतर्फको फलामको पोल दोब्रिसकेको रहेछ ।

सविनले बेलीविस्तार लगाउँदै भन्नुभयो– हतार–हतार भित्र छिरेर श्रीमती र बच्चाहरू लिएर भाग्यौँ । उनीहरूलाई छिमेकीको घर राखी दाजुलाई लिएर पसल जाँदा त गरगहना, नगद, मोबाइलसहित घर माटोमा मिलिसकेको रहेछ ।’ उहाँले भावुक हुँदै भन्नुभयो–‘सबैले खुशीका साथ संक्रान्ति मनाए तर मेरा लागि अत्यन्तै दुःखको दिन बन्यो यो संक्रान्ति । यसै दिन झण्डै ज्यान गएको यो दोस्रोपटक हो । केही बर्षअघि साउने संक्रान्तिकै दिन ससुराली जाँदा बस पल्टँदा झण्डै मरेको थिएँ । घटना भएको जानकारी पाउनासाथ छरछिमेकी, आफन्त, सुरक्षाकर्मी, पत्रकार, स्थानिय जनप्रतिनिधि, इन्जिनियर हरेराम हुमागाई, योजना शाखा प्रमुख श्रीबिक्रम ब्याजु लगायतको टोली त्यहाँ पुगेको थियो ।