Saturday, November 14, 2026
Home पत्रपत्रिका काठमाडौंबाट छठ मनाउन फर्किएकाहरू लखन्देही किनारमा अस्ताए

काठमाडौंबाट छठ मनाउन फर्किएकाहरू लखन्देही किनारमा अस्ताए

3

तराईमधेशको महान् पर्व छठ मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय गाडी (ईभी) बिहीबार बिहानै भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा दुर्घटना हुँदा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १२ जनाको शव शुक्रबार राति अबेरसम्म नजिकैको लखन्देह नदी किनारमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सामूहिक अन्त्येष्टि गरिएको छ । -Ekantipur.com