विषादी प्रकरणमा मन्त्रीले झुक्याए, म लज्जित हुनुपर्‍यो, क्षमाप्रार्थी छु : प्रधानमन्त्री

असार २६,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारताट आयत हुने तरकारीको विषादी परीक्षण नगर्ने निर्णयमा आफूलाई झुक्याइएको बताएका छन् । तरकारीको विषादी जाँच गर्ने नगर्नेबारे भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपरेको उनको भनाई छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई जानकारी नभएको बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित भएँ । यसप्रति म क्षमाप्रार्थी छु ।’ प्रधानमन्त्री ओलीले उद्योगमन्त्री मातृका यादवप्रति लक्षित गर्दै सामान्य लापरबाही वा जानीबुझि कसेले गल्ती गरेको हो भनेर बुझ्ने काम भईरहेको बताएका छन् ।