‘म यस्तो गीत गाउँछु २’को शुभ मुहूर्त, मुख्य भूमिकामा पल र पूजाको जोडी पक्का

362

असार २४,
काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा पूजा शर्मा र पल शाह पक्का भएका छन् । २ वर्ष अगाडि नै चलचित्रको निर्माण घोषणा गरिएको थियो । त्यही समय नै चलचित्रका लागि पूजा र पल मूख्य भूमिकामा फाइनल थिए । तर, सुदर्शनले ‘म यस्तो गाउँछु २’ पूर्वनै ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’ निर्देशन गरे । त्यो हुँदा चलचित्रमा पल र पूजा रहने हुन् वा हैनन् भन्ने विषयले चलचित्र बजारमा निकै चर्चा पाइरहेको थियो ।

यसैबीच मंगलबार गोरखा मनकामना मन्दिरमा पुगेर चलचित्रको शुभ मूहुर्त गरिएको छ । शुभ मूहुर्त कार्यक्रममा पल र पूजा हेलिकोप्टर चडेर मनकामना पुगेका थिए । मनकामना मन्दिररमा पूजा गर्दै चलचित्रको मूहुर्त गरिएको हो । सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पनि पूजा र पलको जोडी बाधिँएको थियो । जून चलचित्रबाट पूजा र पलको जोडीलाई निकै रुचाइएको थियो । पूजा र पललाई पुन:  पर्दामा हेर्न चाहाने दर्शकको संख्या पनि धेरै थियो । अब भने उनीहरुको चाहाना पनि पूरा हुने भएको छ । भदौबाट छायांकनमा जाने भनिएको यस चलचित्रले फागुन २३ गतेलाई रिलिज मिति पक्का गरेको छ ।