भक्तपुरमा दीपक खरेल साँझ–२०७५ आयोजना हुने

168

पुस ३,
भक्तपुर । वरिष्ठ गायक दीपक खरेलको सम्मानार्थ भक्तपुरमा एकल साझँ हुने भएको छ ।
मंगलबार यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भक्तपुर साङगीतिक समाजले यहिँ पुस २८ शनिवार उक्त कार्यक्रम हुने जानकारी दिएको हो । भक्तपुरको सल्लाघारी स्थित इम्पेरियल बैंकेटमा हुने साँझ उक्त दिन ५ बजेबाट सुरु हुने सांङगीतिक कार्यक्रममा गायक खरेलले ३ घण्टाको अवधिमा करिव १५ गीत प्रस्तुत गर्ने जानकारी आयोजकले दिएको छ ।
प्रवेश शुल्कको रुपमा प्रति टिकट १ हजार २ सय रुपैँया शुल्क रहेको छ । पत्रकार सम्मेलनमा गायक खरेल, वरिष्ठ रचनाकार सुवाशचन्द्र ढुंगेल, संस्थाका अध्यक्ष प्रविण शाही, उपाध्यक्ष कपिल कसपाललगायतले नेपाली गीत संगीतको रक्षार्थ यस्ता कार्यक्रमहरुको आयोजना गर्नु आवश्यक भएको बताएका छन् ।