हेर्नुस् ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर

569

असार २२,
काठमाडौं । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । टीजरमा दयाहाङ राई र उपसना सिंह ठकुरीको प्रेमलाई प्रस्तुत गरिएको छ । राम बाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ र उपासनासँगै रेश्मा गुरुङ र कर्म, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, लुनिभा लुलाधर, कमल मणी नेपाल, अरुना कार्की पोखरेल, शिला खनाल लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा मनी राम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी रहेको छ । फिल्मको स्क्रिप्ट निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले छायांकन गरेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । यो फिल्म भाद्र १३ गते देखि रिलिज हुँदैछ । टिजर हेर्नुस्