“प्रधानमन्त्रीज्यू तपाईंको राष्ट्रवाद देखियो, घुँडामा कत्रो भ्वाङ छ ?” -गगन थापा

202

असार २२,
काठमाडौँ । भारत तथा तेस्रो मुलुकबाट आउने तरकारी–फलफूलको विषादी परीक्षण रोक्ने सरकारको निर्णयको संसदमा चर्को आलोचना भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापले सरकारले विषादीयुक्त तरकारी रोक्न चालेको कदमको समर्थन गरिनसक्दै पछि हटेको भन्दै आलोचना गरे । ‘सरकाले भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारीको विषादी परीक्षण थालेपछि केही झण्झटिलो हुँदा हुँदै पनि हामीले समर्थन गर्‍यौँ।

तरकारी केही महँगो भए पनि हामी सहन तयार भयौँ’, उनले भने, ‘हाम्रो साथ पाएपछि सरकार आफ्नो निर्णयमा अडिने विश्वास थियो तर पारीबाट आएको सानो धक्काले हल्लिएर पछि हट्यो।’ गगनले सरकारको कदमको समर्थनमा महँगी सहन तयार हुँदा पनि भारतसामू झुकेको उनले बताए। केही समय महँगको तरकारी खाऊँ, तिहुनबिनाको तरकारी खाऊँ भनेका थियौँ। बिलम्ब नगरी भन्सार विन्दुमा परीक्षण केन्द्र बान्ने छ र सरकारले ठोकेर विाषदीयुक्त तरकारी परीक्षण हुनेछन् भन्छ भनेको त उल्टो भयो’, उनले भने, ‘प्रधानमन्त्रीको बोलीको मान राख्न मास्क नलगाइ हिँडेकै थियौँ। अब विषाक्त तरकारी खाएर मान राखिदिउँँला भन्यौ, तर सरकारको निर्णय केही दिन पनि टिकेन।’ नेता थापाले भारत जाने चिया र तरकारीको पनि भारतले कडा परीक्षण गरिरहेको ध्नायाकर्षण गराए। ‘हामीले खबरदारी गरिनसक्दै सरकार त पारीको इशारामा गलेछ’, उनले भने, ‘प्रधानमन्त्रीज्यू तपाईँको राष्ट्रवादी खुट्टा त देखिसकिएकै हो । तपाईँको घुँडामा कत्रो भ्वाङ पर्यो? त्यो पनि हामीलाई बताइदिनुस् न।’