काठमाडौं । दिपकराज गिरी र दिपाश्री निरौलांसँगै निर्देशक निर्माता विकासराज आचार्यबीच नयाँ प्रोजेक्टका लागी सहकार्य हुने भएको छ । छ एकान छ देखि वडा नम्बर ६ हुँदै छक्का पञ्जा सम्म लगातार हिट फिल्म दिएका हाँस्य क्षेत्रका शिर्ष नाम रहेको छ । नाइ नभन्नु ल निर्देशक आचार्यको एक्शन कट रहने गरी नयाँ प्रोजेक्ट दुइ पक्षिय सहकार्यमा बन्ने पक्का भएको हो । दुबै पक्षले सहमती भइसकेको बोल्दै अन्तिम सम्झौता हुन भने बाँकी रहेको बताए । यो बर्षान्तमा फ्लोरमा जाने ’अन टाइटल’ प्रोजेक्ट अभिनेत्री, निर्मात्री तथा निर्देशक दिपाश्री र दिपराजको कम्पनि आमा सरस्वती मुभिज र वान टाइम सिनेमाको संयुक्त ब्यानरमा तयार हुनेछ । नयाँ प्रोजेक्टको लागी लिड अभिनेतामा जितु नेपाल करिब फाइनल छन् भने अर्का अभिनेतामा निर्देशक समेत रहेका निश्चल बस्नेत समेत रहने करिब पक्का भइसकेको छ । अर्को रोचक कुरा त फिल्मको लिड अभिनेत्रीमा निश्चल पत्नि स्वस्तिमा खड्का हुने संभावना बढि छ । दिपाश्रीले निश्चल र स्वास्तिमा करिब फाइनल भए पनि सम्झौतापत्रमा हस्ताक्षर हुन बाँकी रहेको तर्क गर्दा निर्देशक आचार्यको मनशाय भने तत्काल यो कुरा बाहिर ल्याउन नचाहेको बुझियो । निश्चल र स्वास्तिमासँग यो हप्ता भित्रै सम्झौता हुनसक्ने श्रोत बताउँछ । स्वस्तिमा हुँदैगर्दा पनि फिल्ममा अर्की एक अभिनेत्री राख्ने पक्षमा निर्माण युनिट छ । संभवतस् यसअघिका दिपकदीपाका फिल्ममा समावेश हाँस्य कलाकारहरु समेत नयाँ फिल्ममा रहनेछन् । निर्देशक आचार्यले पुर्ण कमेडी जनरामा फिल्म बन्ने बताए ।