करिश्माले एसइइमा ‘बी प्लस’ ल्याउँदा सांसद शान्ता चौधरीले ल्याइन् ‘बी’

139

असार १२,
काठमाडौँ । प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘बी’ ल्याएकी छन् । राजनीतिमा अब्बल चौधरीले एसईईमा औसत नतिजा ल्याएकी छन् । उनले गृहजिल्ला दाङबाट परीक्षा दिएकी थिइन् । चौधरी प्रतिनिधि सभामा नेकपाकी सचेतक हुन् । मुक्त कमलरी आन्दोलनबाट राजनीतिमा उदाएकी चौधरीले पछिल्लो समयमा पढाइलाई निरन्तरता दिन थालेकी छन् ।

साथै नायिका करिश्मा मानन्धरले बी प्लस ल्याएकी छिन् । करिश्माले ३ ल्याएको वुझिएको छ । नायिका करिश्मा मानन्धरले अध्ययनलाई निरन्तरता दिनुपर्छ भनेर काठमाण्डौको मैतिदेवी रहेको त्रिवेणी सामुदायिक विद्यालयमा अध्ययन गरेकी थिइन् । करिश्माले ८ कक्षापछि चलचित्र क्षेत्रलाई निरन्तरता दिएपछि पढाई अधुरो नै रहेको थियो ।