Sunday, September 27, 2026
Home अटो होन्डाको नयाँ ‘डियो डिएलएक्स’ स्कु्टर बजारमा

होन्डाको नयाँ ‘डियो डिएलएक्स’ स्कु्टर बजारमा

283

असार ४,
काठमाडौँ । होन्डा मोटरसाइकलसको नेपालका लागि आधिकारिक बितरक स्याकार टे«ेडिङले नयाँ ‘होन्डा डियो डिएलएक्स’ स्कु्टर नेपाली बजारमा ल्याएको छ। यो स्कुटर सहरीया बर्तमान परिवेस अनुसार ‘स्टाइलिस’ रहेको कम्पनीको भनाइ छ। यो स्कुटरमा डिजिटल मिटरका साथमा १०९ सिसी इन्जनरहेको छ।

यो नयाँ स्कुटरमा सर्भिसिङ इन्डिकेटर राखिएको छ। जसले सर्विस गर्नुपर्ने बेला संकेत गरेर जानकारी दिने छ। यो स्कुटरमा मोबाइल चार्ज गर्नसकिने पनि कम्पनीको भनाइ छ।कम्पनीका अनुसार यसको उत्कृष्ट बे्रकिङ सिस्टमले स्कुटरलाई राइडरको कन्ट्रोलमा राख्न सहज हुने छ। यो स्कुटरको बजार मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ रहेको छ।