प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

273

असार ४,
भक्तपुर । डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका-९ घर भई काठमाडौं चक्रपथ बस्ने ३३ वर्षीय केदार बहादुर नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका-४ नयाँ ठिमीमा प्रहरीले बा ४ ख ७७७९ नम्बरको ट्रिपरलाई जाँच गर्ने क्रममा केदारले उक्त नगद सवारी दर्ता किताब भित्र राखेर दिन खोजेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धन गरिरहेको छ ।