यी तीन रुटमा साझा यातायातले दिन थाल्यो रात्रिकालिन सेवा

114

असार २५,
काठमाडौं । साझा यातायातले राजधानीको ३ वटा रुटमा रात्रीकालिन सेवा शुरु थालेको छ। काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागले रात्रिकालिन यातायातको तयारी गरिरहेको र त्यसको लागि साझाले पनि आफ्नो भुमिका निभाउन रात्रीकालिन सेवा शुरु गरेको प्रवन्धक महेन्द्र राज पाण्डेयले जानकारी दिए।

हाल संचालनमा आएको साझाको रात्रिकालिन बस न्यूरोड गेट–लाजिम्पाट–नारायणगोपाल चोक हुदै सोही बाटो फर्कनेछ। त्यस्तै दोस्रो रुट न्यूरोडबाट छुटेर त्रिपुरेश्वर–कालिमाटी हुदै कलंकी पुगेर सोही रुट फर्कीने छ। त्यसैगरी तेस्रो रुट न्यूरोड– नया बानेश्वर–एयरपोर्ट–गौशाला–चावहिल हुदै नयाँबसपार्क पुगेर सोही रुट फिर्ता हुनेछ।

राती ९ बजेदेखि संचालनमा आउने यी रात्रीबसको भाडा भने दिवा सरह नै भएको पाण्डेयले सेतोपाटीलाई जानकारी दिए। यस अघि पनि साझाले रात्रीकालिन बस सुरुगरेको थियो। यात्रु अभावका कारण त्यो सेवा सफल हुन सकेन। अहिलेका ३ रुटको सेवा सफल भए अरु रुटमा पनि साझाले रात्रीकालिन सेवा दिने पाण्डेयले जानकारी दिए।