बेली डान्स गर्दा गाली नै गाली

303

असार २,
बलिउड नायिका जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट भएपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई लिएर पनि प्रश्न उठाएका छन् । उनलाई अभिनय पनि गर्न नआउने भन्दै धेरैले गाली गरेका छन् । धेरैले जान्वीले अभिनय र नृत्य दुबै सिक्नु पर्ने सुझाव पनि दिएका छन् ।

जान्वीले डेब्यु चलचित्र ‘धडक’बाट धेरै प्रशंसा पाएकी थिइन् । उक्त चलचित्रमा जान्वीले ईशान खट्टरसँग रोमान्स गरेकी थिइन् । जान्वी अहिले ‘तख्त’ नामक चलचित्रको प्रि पोडक्शनमा व्यस्त छिन् ।