आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

318
सांकेतिक तस्विर

जेठ २९,
ताप्लेजुङ । आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै ४५ वर्षीया श्रीमती जामु शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका(५ खानी गौंडा बस्ने ४५ वर्षीय फुर्वा दोर्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले फुर्वालाई खुकुरी सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । घाइते जामुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।