Sunday, September 27, 2026
Home अपराध पुरस्कार परेको भन्दै ठगी

पुरस्कार परेको भन्दै ठगी

582

चैत ४,
राजविराज । रु २५ लाख पुरस्कार परेको भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा सप्तरी, राजविराज नगरपालिका– १२ बस्ने १९ वर्षीय महेश मण्डललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । पाँचथर, फिदिम बजारकी अनुशा अधिकारीको उजुरीका आधारमा मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । मण्डलले अज्ञात नंबाट अधिकारीलाई फोन गरी “तपाईंले रु २५ लाख पुरस्कार जित्नुभएको छ, त्यसका लागि करवापतको रु ३० हजार बुझाउनुहोला, नभए पैसा फ्रिज हुन्छ” भन्ने जानकारी गराएपछि आफूले पैसा बुझाएको तर पुरस्कार नपाएको र बुझाएको पैसा समेत फिर्ता नभएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी थिइन् । अभियुक्त मण्डलका साथबाट रु ७० हजार र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।