Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय पुलिसले पत्रकारलाई लुगा खोलेर कुटे, अनुहारमा पिसाब फेरेदिए (भिडियो सहित)

पुलिसले पत्रकारलाई लुगा खोलेर कुटे, अनुहारमा पिसाब फेरेदिए (भिडियो सहित)

264

एजेन्सी, जेठ २९,
काठमाडौँ । भारतको उत्तर प्रदेशमा मंगलबार राती शामली भन्ने ठाँउमा पुलिसले पत्रकारलाई लुगा खोलेर कुटे, अनुहारमा पिसाब फेरेदिएका छन्। ती पत्रकारले रेलको लिकबाट हटेकोबारे जानकारी जुटाइरहेका बेला उनीमाथि गभर्नमेन्ट रेल पुलिस (जिआरपी) का जवानले कुटपिट सुरु गरेको भारतीय मिडियाले जानकारी दिएको छ । कुटपिटको घटना भिडियोमा पनि कैद गरिएको छ । पत्रकार अमित शर्माका अनुसार पुलिसले उनको मुखमा पिसाबसमेत फेरेका थिए । घटनापछि दुई पुलिसलाई निलम्बित गरिएको जानकारी छ ।

भारतीय मिडियाका अनुसार एसएचओ राकेश कुमारसँग आएका दलले पत्रकारलाई कुटपिट गरेका हुन् । उनले आफ्नो कामबारे बताउने कोसिस गरिरहेका बेला उनीमाथि आक्रमण भएको बताइएको छ । एएनआईका अनुसार अमित धिमनपुरा नजिकै रिपोर्टिङ गरिरहेका थिए । सादा पोसाकमा भएका पुलिसले उनीमाथि कुटपिट गरेको र अन्य एकले उनले बोकेको क्यामरा खसालिदिएको पनि जानकारीमा उल्लेख छ ।

उनले भने, ‘मैले क्यामरा उठाउने कोसिस गर्दा उनीहरुले ममाथि हमला गरे । पछि उनीहरुले मलाई जेलमा थुने पनि । यति मात्र होइन, मेरो कपडा फुकालियो र मुखमा पिसाबसमेत फेरियो ।’ एक समाचार च्यानलसँग काम गरिरहेको पत्रकार अमितमाथि कुटपिटपश्चात् सोसल मिडियामा मानिसहरुले रोष व्यक्त गरेका छन् । मानिसहरुले ती पुलिसमाथि कडा कारवाहीको माग गरेका छन् । अमित शर्माले भने, ‘केही दिन अघि रेलसेवामा गडबडीबारे फर्दाफास गरेको थिएँ । यसै कारण रेलवे पुलिसले नीजि दुश्मनी निकाल्नका लागि ममाथि कुटपिट गरेका हुन् ।’