Tuesday, September 29, 2026
Home अन्तर्राष्ट्रिय बाढीका कारण २० जनाको मृत्यु, कैयौँ बेपत्ता

बाढीका कारण २० जनाको मृत्यु, कैयौँ बेपत्ता

208

फागुन १९,
काबुल, मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अधिकारीहरुले कम्तीमा दश जना अझै पनि बेपत्ता रहेको जनाएका छन् । बेपत्ता हुने र मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन् ।देशको अधिकांश ठाउँमा अत्यधिक हिमपात पनि भएको छ ।-रासस/सिन्ह्वा