पोखरामा गोली चल्यो

197
सांकेतिक तस्विर

जेठ २९,
काठमाडौँ । पोखराको उत्तम चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारी गोविन्द थापा ‘जोन’लाई पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी दानबहादुर कार्कीका अनुसार प्रहरी टोलीले गोली चलाएर थापालाई पक्राउ गर्न सफल भएको छ । ‘पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनुपरेको हो,’ डीएसपी कार्कीले भने । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।