एमाले नेतृ निरु पाललाई पति शोक

275

माघ १७
काठमाडौ । नेकपा एमाले का बैकल्पिक केन्द्रीय सदस्य निरु पाललाई पति शोक परेको छ । भीमदत्तनगरपालिका–१७ कञ्चनपुरका स्थायी बासिन्दा मोहन पालको आज बिहान ४५ वर्षको उमेरमा निधन भएको पालका छोरा लोकेश पालले जानकारी दिए । आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो ।
थप उपचारका लागि आज बिहान काठमाडौ ल्याउने तयारी हुँदाहुँदै सोही अस्पतालमानै निधन भएको हो । एमाले नेता पालको श्रीमती र दुई छोरा छन् ।