Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने सरकारको घोषणा

बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने सरकारको घोषणा

161

एजेन्सी, जेठ २९,
पटना । भारतको बिहार राज्य सरकारले आफ्ना बाबुआमाको हेरचाह नगर्ने सन्तानलाई जेल हाल्ने निर्णय गरेको छ। हेरचाह नगरेको उजुरी परेमा उनीहरूलाई जेल हालिने निर्णय मंगलबार त्यहाँको सरकारले गरेको हो। बिहार सरकारले मातापिताको हेरचाहलाई अनिवार्य गर्ने निर्णय गरेको छ।

यससँगे बिहार सरकारले मूख्यमन्त्री वृद्धा पेन्सन योजनालाई ुराइट टु सर्विस एक्टुमा सामेल गर्ने निर्णय गरेको छ। मंगलबार राज्यका मूख्यमन्त्री नितिश कुमारको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले यी बाहेक विभिन्न १७ एजेन्डालाई स्विकृति समेत दिएको छ। मदिरा निषेधपछि नितिश सरकारको यो निर्णयलाई अर्को सामाजिक कुरीतिविरूद्धको कदमका रूपमा लिइएको छ।