नेप्से दोहोरो अंकले घट्यो

96

जेठ १२,
काठमाडौँ । साताको पहिलो दिन नेप्सेमा गिरावट आएको छ । नेप्से ११.९३ अंकले घटेर १,३०२.६१ अंकमा कायम भएको छ । सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ३८ अंकले घटेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ८२ अंकले घटेर २ सय ७७ दशलमव ५६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

दिनभरिमा १ सय ६५ कम्पनीको २० लाख ५४ हजार २ सय ८६ कित्ता शेयर ९ हजार २ सय ९४ पटक खरिदविक्री हुँदा ६२ करोड ६२ लाख १ हजार ६ सय ६६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंक र सिवम् सिमेन्टको ४ करोडभन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी अपर तामाकोशीको ३ करोड ७४ लाख ३६ हजार २ सय १७ रुपैयाँको कारोबार भएको छ भने हिमालय डिस्टीलरी, कृषि विकास बैंक र एनसीसी बैंकको २ करोडभन्दा बढीको कारोबार भएको छ । प्रभु बैंक, एनआईसी एशिया, जनता बैंक र बैंक अफ काठमाडौंको १ करोडभन्दा बढीको कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै जोशी हाइड्रोपावरका शेयरधनीले ९ प्रतिशतका दरले गुमाएका छन् ।