पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

113

वैशाख २०,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ बढाएको हो। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन। नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै, डिजेल र मट्टितेल अब लिटरको ९८ रुपैयाँ पर्नेछ।