भक्तपुरमा तीन दिने कृषि मेला आयोजना हुदैं

192

चैत १८,
भक्तपुर । कृषि क्षेत्रको विकाशमा सहयोग गर्ने उद्देश्यले भक्तपुरमा बृहत कृषि मेला आयोजना हुने भएको छ । तेस्रो बृहत कृषि मेला प्रदर्शनी-२०७५ सहकारी दिवसको अवसर पारेर जिल्ला कृषि सहकारी संघ लिमिटेडको आयोजनामा सूर्यविनायकमा उक्त मेला हुनेछ । बाराहीस्थानमा रहेको अजिमा पार्टी महलमा यहिँ चैत २०, २१ र २२ गते गरेर तीन दिन संचालन हुने भएको छ । मेलामा कृषि उत्पादन, आलु र च्याउका परिकार, कृषि औजार, बीमा, तालिमलगायतका गतिविधि हुने आयोजकले जानकारी दिएको छ ।