नेकपा सांसदले एक दिनको तलब हावाहुरीबाट प्रभावित पीडितलाई दिने घोषणा

56

चैत १८,
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै सांसदहरुको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ। नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्र पुगेर यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले कार्यकर्ताहरुलार्य राहत र उद्दारमा खटिनसमेत निर्देशन दिएका छन्।

झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री सोमबार दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन्। उनी भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेका हुन्। प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिए। प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिए। प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिएका थिए।

गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँगसमेत आग्रह गर्नुभएको छ ।