अब भारत र चीनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

236

माघ १०,
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि आफनो सेवा विस्तार गर्ने भएको छ ।
बैंकले आफनो ५२ औ वार्षिक उत्सवको अवसर पारेर भारतको राजधानी नयाँ दिल्ली र चीनको राजधानी बेईजिङमा पनि शाखा विस्तार गर्ने योजना अघि सारेको हो ।
बैंकले आफनो चुक्ता पूँजी ८ अरव ५८ करोड रहेको जानकारी पनि गराएको छ । सोही अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैंकिङ सेवालाई ग्रामिण तहसम्म पु¥याउन सचेत गराएका छन् । उनले ग्रामिण तहमा उत्पादनमूलक क्षेत्र पहिचान गरी कर्जा प्रवाह नगरेसम्म मुलुकको समृद्धि सम्भव नहुने स्पष्ट पारे । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई जथाभावी कर्जा प्रवाह नगर्न सचेत गराए । भने ‘वाणिज्य बैंकहरुले जथाभावी कर्जा प्रवाह गरेको पाईएको छ ।