सम्पुर्ण धर्मको आधार १८ पुराणको संक्षिप्त परिचय

433

पुराण शब्द को अर्थ हो प्राचीन कथा!
पुराण विश्व साहित्य को प्रचीनात्म ग्रँथ हो१ यसमा लिखित ज्ञान र नैतिकताको कुरा आज पनी प्रासंगिक, अमूल्य तथा मानव सभ्यता को आधारशिला छ१ वेदको भाषा तथा शैली कठिन हुनुको साथै सर्वसम्मत तरिका बाट वेदलाई बुझ्ने सामर्थ्य सबैमा सहजता नहुने हुँदा, १८ पुराण त्यही वेदको जान्ने र बुझ्न को लागि तयार गरिएको सहज तथा रोचक संस्करण हो!

वेदमा भएका जटिल तथ्यहरुलाई पुराणमा कथाको माध्यम बाट बुझाईएको छ। पुराणको बिषय नैतिकता, विचार, भूगोल, खगोल, राजनीति, संस्कृति, सामाजिक परम्पराशैली , विज्ञान तथा अन्य विषय हो ।

विशेष तथ्य यो छ कि पुराणमा देवि देवता राजा महाराजा ऋषि मुनि तथा साधारण जनमानवको चरीत्र कथाको माध्यम बाट उल्लेख गरिएको छ।जस्ले सम्पुर्ण पौराणिक कालको सबै समय बिन्दुको सचरित्र उल्लेख गरिएको छ।

महृर्षि वेदब्यसले १८ पुराण लाई संस्कृत भाषा मा संकलन गर्नुभयो१ ब्रह्मा विष्णु तथा महेश्वर १८ पुराणको मुख्य देवस् हुन् १) यिनै त्रिमुत्री प्रत्यक भगवानको स्वरुप हुन् भनी पुराणमा समर्पित गरिएको छ। ई १८ पुराणको अतिरिक्त १६ उप(पुराण पनि छन् तर विषय लाई सिमित राख्नको लागि केवल मुख्यत १८ पुराणको मात्र सम्क्षिप्त परिचय दियको छ।
मुख्य पुराणको वर्णन यस प्रकार छ।
१)ब्रह्म पुराण –
ब्रह्म पुराण सबै भन्दा प्राचीन हो।यो पुराणमा २४६ अध्याय तथा १४००० श्र्लोक छ। यश ग्रन्थमा ब्राह्मको महानता (सर्वश्रेष्ठता)को साथै सृष्टिको (रचना) उत्पत्ति, गंगा अवतरण तथा रामायण र कृष्णावतारको कथा सन्कलन छ। यस ग्रंथ बाट सृष्टि को उत्पत्ति देखि सिन्धु घाटी सभ्यता सम्मको केहि न केही जानकारी प्राप्त गर्न सकिने छ।
२)पध्य पुराण –
पद्म पुराण मा ५५००० श्र्लोक छ। यो ग्रन्थलाई पाँच खण्डमा बिभाजन गरिएको छ। जसको नाम सृष्टिखण्ड, स्वर्गखण्ड, उत्तरखण्ड, भूमिखण्ड तथा पातालखण्ड हो।यश ग्रन्थमा पृथ्वी, आकाश, तथा नक्षत्रको उत्पत्ति को बारेमा उल्लेख गरिएको छ। चार प्रकार बाट जिवको उत्पत्ति हुन्छ। जसलाई उदिभज, स्वेदज, अण्डज तथा जरायुजको श्रेणीमा राखिएको छ। यो वर्गीकरण पुर्णतः वैज्ञायानिक छ।
नेपाल तथा भारतको प्रायः सबै पर्वत र नदिको बारेमा पनि विस्तृत वर्णन गरिएको छ। भने सकुन्तला दुष्यन्त देखि भगवान राम सम्मको कयौं पुस्थामा उल्लेख गरेको पाईन्छ। शकुन्तला दुष्यन्तको पुत्र भरत को नाम बाट नै जम्बुदिप, भारत खण्ड तथा आज भारतको नाम ले चिनिन्छ ।
३)विष्णु पुराण –
विष्णु पुराणमा ६अँश तथा २३०००श्र्लोक छ।यस ग्रन्थमा भगवान विष्णु , वालक धुर्व, तथा कृष्ण अवतारको कथा समावेश पाईन्छ । यसको अतिरिक्त सम्राट पृथुको कथा पनि समावेश गरिएको छ यसै कारण धर्तिको नाम पृथ्वी रहन पुग्यो ।यो पुराणमा सू्र्यवँशी तथा चन्द्रवँशी राजाका इतिहास छ।यश ग्रन्थमा नेपाल भारत को उत्तरी भुभागको हिमाली प्रदेशको बारेमा वर्णन पाईन्छ। विष्णु पुराण वास्तव मा एक ऐतिहासिक ग्रंथ हो।
४)शिव पुराण –
शिव पुराणमा २४००० श्र्लोक छ। यो ७ सहितामा बिभाजन छ। यश ग्रन्थमा भगवान शिवको महानता तथा उहाँ सग सम्बन्धि घटनाको बारेमा दर्शायको छ । यश ग्रन्थलाई वायु पुराण पनि भनिन्छ।यसमा कैलास पर्वत, शिवलिंग तथा रुद्राक्षको वर्णन र महत्व, सप्ताहको ९हप्ताको नाम: नामको रचना, प्रजापति तथा काम पर विजय पाउने सम्बधको वर्णन गरिएको छ। हप्ताको नाम सौर्य मण्डल को ग्रहमा आधारित छ। जुन आज विश्व भर प्रयोगमा आउँछ।
५)भागवत पुराण –
भागवत पुराणमा १८००० श्र्लोक छ ।तथा १२ स्कन्ध छ। यो ग्रन्थमा आध्यात्मिक विषय मा वार्तलाप छ।यसमा भक्ति, ज्ञान तथा वैराग्य को महानताको दर्शायको छ। विष्णु र कृष्णावतार को कथाको अतिरिक्त माहाभारत काल पुर्वको राजा ऋषिमुनि तथा असुरहरुको कथा हरु पनि संकलन गरिएको छ। यश ग्रन्थमा माहाभारत युद्धको पश्र्चात श्रीकृष्णको देहत्यग, द्रवारिका नगर जलमङ्न तथा यादव वशको बिनाष सम्मको वर्णन गरिएको छ।
६)नारद पुराण –
नारद पुराणमा २५००० श्र्लोक छ।तथा यसको दुईभाग भाग छ। यश ग्रन्थमा सबै १८ ग्रन्थको सार दिइएको छ। प्रथम भाग मा मन्त्र तथा मृत्यु पश्चात को कर्मनानुसार क्रम आदि को विधान छ। गंगा अवतरण को कथा पनि विस्तार पूर्वक बताईएको छ। दोश्रो भागमा संगीतको सात स्वरं, सप्तक मन्द्र, मध्य तथा तार स्थानं, मूर्छनां, शुद्ध ऐवम कूट तान र स्वरमण्डल को ज्ञान लिखित छ। भने संगीत पद्धतिको यो ज्ञान आज पनि नेपाल र भारतीयको संगीतको आधार हो।
७)मार्कण्डेय पुराण –
अन्य पुराणको अपेक्षा मा यो पुराण छोटो छ।यसमा ९००० श्र्लोक तथा १३७अध्याय छ ।यो ग्रन्थमा सामाजिक न्याय तथा मानव कल्यणको योगताको विषयमा ऋषिमार्कण्डेय तथा ऋषि जैमिनि बीचको वार्तालाप छ। यसको अतिरिक्त भगवती दुर्गा तथा श्रीक़ृष्ण सग जोडिएको कथा पनि संकलित छ।
८)अग्नि पुराण –
अग्नि पुराणमा३८३ अध्याय तथा १५००० श्र्लोक छ।यो पुराण नेपाल तथा भारतीय संस्कृतिको ज्ञानकोष ९इनसाईक्लोपीडिया० पनि भन्न सकिन्छ। यस ग्रंथमा मत्स्यावतार, रामायण तथा महाभारतमाको संक्षिप्त कथा पनि संकलित छ।यसको अतिरिक्त कयौं विषयमा वार्तालाव छ। जस्मा धनुर्वेद, गान्धर्व वेद तथा आयुर्वेद मुख्य छन् । धनुर्वेद, गान्धर्व वेद तथा आयुर्वेद को उप-वेद पनि भनिन्छ।
९)भविष्य पुराण –
भविष्य पुराणमा १२९अध्याय तथा १८००० श्र्लोक छ। यश ग्रंथ में सूर्यको महत्व, वर्षको १२महिनाको निर्माण नेपाल तथा भारतको सामाजिक, धार्मिक तथा शैक्षिक नीति आदि कयौं विषयमा वार्तालाप छ।यस पुराणमा सर्पको पहिचान, विष तथा विषदंश सम्बन्धी महत्वपूर्ण जानकारी दिईएको छ।
यस पुराणको कयौं कथा बाईवलको कथा सग मिल्ने खालको छ।यो पुराणमा पुरान राजवँशिको अतिरिक्त भविष्यमा आउने वाला नन्द वँश, मौर्य वँशं, मुग़ल वँश, छत्रपति शिवा जी र महारानी विक्टोरिया तक को वृतान्त दिईएको छ।
ईसाको भारत आगमन तथा मुहम्मद र कुतुबुद्दीन ऐबकको जिक्र पनि यो पुराणमा उल्लेख छ। साथै विक्रम बेताल तथा बेताल पच्चीसीको कथाको विवरण पनि छ।सत्य नारायणको कथा पनि यसै पुराणमा समावेश छ।
१०)ब्रह्मावैवर्त पुराण –
ब्रह्माविवर्त पुराणमा १८००० श्र्लोक तथा २१८ अध्याय छन् ।यस ग्रंथमा ब्रह्मा, गणेश, तुल्सी, सावित्री, लक्ष्मी, सरस्वती तथा क़ृष्णको महानता को दर्शाउनु को साथै उनमा जोडिएका कथा संकलित छन् । यस पुराणमा आयुर्वेद सम्बन्धी ज्ञान पनि संकलित छ।

११)लिंग पुराण –
लिंग पुराणमा ११००० श्र्लोक र १६३ अध्याय छन्। सृष्टिको उत्पत्ति तथा खगौलिक कालमा युग, कल्प आदि की तालिका का वर्णन छ। राजा अम्बरीषको कथा पनि यस पुराणमा लेखिएको छ।यस ग्रंथमा अघोर मन्त्र तथा अघोर विद्या के सम्बन्धि पनि उल्लेख गरिएको छ।
१२)वराह पुराण –
वराह पुराणमा २१७ स्कन्ध तथा १०००० श्र्लोक छन् ।यश ग्रंथमा वराह अवतारको कथाको अतिरिक्त भागवत गीता महामात्यको पनि विस्तारपूर्वक वर्णन गरिएको छ। यस पुराणमा सृष्टिको विकास, स्वर्ग, पाताल तथा अन्य लोकको वर्णन पनि गरिएको छ।श्राद्ध पद्धति, सूर्यको उत्तरायण तथा दक्षिणायन विचार, आमवश्य९औशी० र पूर्णमासी (पुर्णिामा) हुनुको कारणको वर्णन छ। महत्वपुर्ण कुरा यो छ की जुन भूगौलिक र खगौलिक तथ्य यस पुराणमा संकलित छ। त्यहि तथ्य पाश्चात्य जगतको बारेमा बैज्ञानिकहरुले पन्द्रौ सताब्दिमा पत्ता लगाएका थिए।
१३)स्कन्द पुराण –
स्कन्द पुराण सबै भन्दा विशाल पुराण हो। तथा यस पुराणमा ८१००० श्र्लोक र ६ खण्ड छन्। स्कन्द पुराणमा प्राचीन नेपाल र भारतको भूगौलिक वर्णन छ। जसमा २७ नक्षत्र,१८ नदिहरु अरुणाचल प्रदेशको सौंदर्य, नेपाल तथा भारत स्थित १८ज्योतिर्लिंग, साथै गंगा अवतरणको बयान गरिएको छ।यहि पुराणमा स्याहाद्री पर्वत श्रंखला तथा श्रीपशुपती नाथ, कन्या कुमारी मन्दिर का उल्लेख पनि गरिएको छ। यसै पुराणमा सोमदेव, तारा तथा उनको पुत्र बुद्ध ग्रहको उत्पत्तिको पनि अलंकारमयी कथा छ।
१४)वामन पुराण –
वामन पुराणमा ९५अध्याय तथा १०००० श्र्लोक तथा दुई खण्ड छ। इस पुराणको केवल प्रथम खण्ड मात्र उपलब्द्ध छ। यस पुराणमा वामन अवतारको कथा विस्तारमा बताईएको छ।भने यस ग्रन्थमा पनि सृष्टि, जम्बूदूीप तथा अन्य सात दूीप की उत्पत्ति, पृथ्वी की भूगौलिक स्थिति, पुर्ण पर्वत तथा नदिनालाको बारेमा उल्लेख छ।
१५)कुर्मा पुराण –
कुर्मा पुराणमा १८००० श्र्लोक तथा चार खण्ड छ। यस पुराणमा चारै वेदको सार संक्षिप्त रूपमा दिईएको छ।कुर्मा पुराणमा कुर्मा अवतार देखि सम्बन्धित सागर मंथनको कथा विस्तार पूर्वक लेखिएको छ। यसमा ब्रह्मा, शिव, विष्णु, पृथ्वी, गंगा को उत्पत्ति, चारै युग,मानव जीवनको चार आश्रम धर्म तथा चन्द्रवँशी राजाको बारेमा पनि वर्णन छ।
१६)मतस्य पुराण –
मतस्य पुराणमा २९० अध्याय तथा १४०००श्र्लोक छन् ।यस ग्रंथमा मतस्य अवतारको कथाको विस्तररुप उल्लेख गरिएको छ। सृष्टिको उत्पत्ति हाम्रो सौर्य मण्डलको सबै ग्रह चार युग तथा चन्द्रवँशी राजाको इतिहास वर्णन छ। कच, देवयानी, शर्मिष्ठा तथा राजा ययातिको रोचक कथा पनि यहि पुराणमा छ।
१७)गरुड़ पुराण –
गरुड़ पुराणमा २७९ अध्याय तथा १८००० श्र्लोक छन् । यश ग्रंथमा मृत्यु पश्चातको घटना, प्रेत लोक, यम लोक, नरक तथा ८४ लाख योनिको नरक स्वरुपी जीवन आदिको बारेमा विस्तारमा बताईएको छ।यस पुराणमा काहीँ सूर्यवँशी तथा चन्द्रवँशी राजाको वर्णन पनि गरिएको छ।
साधारण तया यस ग्रन्थ कोहि कसैको सम्वन्धी या परिचितको मृत्यु पश्चात पढाईन्छ। वास्तवमा यो पुराणमा मृत्यु पश्चात पुनर्जन्म हुदा गर्भ स्थित भ्रूणको वैज्ञानिक अवस्था सांकेतिक रूपमा बयान गरिएको छ। जस्मा वैतर्नी नदि आदिको संज्ञा दिईएको छ।
१८)ब्रह्माण्ड पुराण –
ब्रह्माण्ड पुराणमा१२०००श्र्लोक तथा पू्र्व, मध्य र उत्तर तीन भाग छ। मान्यता यो छ कि अध्यात्म रामायण पहिलो ब्रह्माण्ड पुराणको एक अंश हो जो अहिले एक पृथक ग्रन्थ छ। यस पुराणमा ब्रह्माण्डमा अवस्थित ग्रहको बारेमा वर्णन गरिएको छ। काहि सूर्यवँशी तथा चन्द्रवँशी राजाको इतिहास पनि संकलित पाईन्छ। सृष्टिको उत्पत्तिको समय देखि अहिले सम्म सात मनोवन्तर ९काल० बिति सकेको विस्तार वर्णन यस ग्रंथमा उल्लेख गरिएको छ।
पशुरामको कथा यहि पुराणमा दिएको छ। यश ग्रँथको विश्वको प्रथम खगोल शास्त्र पनि भन्न सकिन्छ। ऋषिमुनहरुले यस पुराणको ज्ञान प्राचीन समयमा इण्डोनेशिया पनि लगेका थिए जसको प्रमाण इण्डोनेशियाको भाषामा मिल्दछ।
हिन्दू पौराणिक इतिहासको तरह अन्य देशमा पनि महामानव, देवस्, दैत्य, राजा तथा साधारण नागरिकको कथा प्रचिलित छ।
(धर्मशास्त्र तथा १८ पुराणको सार वर्णन)
(ज्योतिष अनिल पुडासैनी कौशिक ज्योतिष सेवा)