‘अरुको निन्दा गर्नु र कुरा काट्नु हाम्रो दैनिकी भयो’

455

-राजकुमार ढकाल (प्रीन्स)
यहाँ हरेक व्यक्तीलाई आफुलाई लागेको कुरा स्वतन्त्र रुपमा अभिव्यक्ति गर्न संविधानले नै छुट दिएको छ । विचार तथा अभिव्यक्ती स्वन्त्रता मानव अधिकारको बिषय पनि हो । लागेको कुरा बोल्न र लेख्न मज्जाले पाइन्छ, यसैकालागि नेपालमा राजनैतिक आन्दोलन दशौकदेखी हुदैं आएका छन् । हरेक आन्दोलनमा स्वतन्त्रताको विषयले नै प्रमुख स्थान पायो । आन्दोलनको प्राप्तीपछि बनेका संविधानमा यसबारे संम्बोधन पनि भयो । बिचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक मानिसको लागि नैंसर्गिक अधिकारको रुपमा स्थापित भयको सन्दर्भमा उठान गर्न खोजिएको कुरा के हो भने हामी किन आज बढी नकारात्मक सोच राख्ने भयौं । हामीले सोचहरु कसरी ग्रहण गरेका छौ ? र किन यहि कुरामा हामी रुमलियका छौ ?

अहिले सोसल मिडियाको युग हो । यहाँ हरेक व्यक्तिले आफ्नो कुरा क्षण भरमै सबैलाइ सेएर गर्न सक्छ । कुनै बिषय वा घटनामा आफ्नो प्रतिक्रिया सजिलै दिन्छ । हात–हातमा मोबाइल सेवा उपलब्ध हुनुको यो अवसर हो । यहाँ चासो यो हो कि सामाजिक संजालका कारण कतिपय अवस्थामा समाज केही बढी किन नकरात्मक बन्यो । अहिले हरेक कुराको तथ्य सहि होस् या नहोस् आरोप सजिलै लगाउन सकिन्छ । उसको सजिलै मान मर्दन बेइज्ती गर्न समाज जुटाइरह्नु पर्दैन । विरोध वा समर्थन गर्न तथ्य वा बास्तविकता चाहिदैन । सकारात्मक भन्दा नकारात्मक कुरा गर्ने बानिका हामीमा विकाश भएको देखिन्छ ।
हुन त सकारात्मक कुराको ध्वनिको गतिमा उच्चता कम हुन्छ । नकारात्मक कुराको बढी त्यसैको निरन्तरताको सिकार त हामी भएका होइनौं ? सबै भन्दा सजिलो काम भनेको अरुको निन्दा वा कुरा काट्नु हाम्रो दिनचार्य र संस्कृती भएको छ । चिया पसल, मेलापात होस या सेमिनार मिटिङ वा संस्था वा संगठनमा गुटबन्दी र कुरा काट्ने मानिसहरु कै बिगबिगी छ । राज्यका हरेक निकायमा कुरा नै काटेर दिन बिताइदिन्छ्न । सरकारको त कुरै छाडौं, अर्कालाई खिल्ली उढाउन पाए न्वारनदेखिको बल लगाएर कुरा काटेर आनन्दको साहस सबैले फेर्छ्न । प्रंशसा र सम्मान भन्ने कुरो विल्कुल नगन्य रुपमा देखिन्छ । सामाजिक संजालमा त कमेन्ट हेर्नू पर्छ तथानाम गालिगलौज मात्र होइन अश्लिल शब्दका वर्षात हुन्छन् । नेता मन्त्रीलाई त देख्नै हुन्न । सतापक्ष होस प्रतिपक्ष सबैको यहाँ खिल्ली उडाईन्छ ।

व्यक्ती–व्यक्तीमा, टोल छिमेक जहाँपनि यस्तै प्रवृती मौलाएको देखिन्छ । बास्तवमा भन्नू पर्दा हामी आज किन निच सोचबाट ग्रसित भयौ ? यसबारे थप घोत्लिनु पर्ने नै देखिन्छ । हरेक कुरामा हामी सकारात्मक सोच राख्न सक्ने भएका छैनौं । बाध्यताले यदाकदा राखे पनि मनैदेखि स्विकार्न सकेका छैनौं । हुन् त निन्दा र विरोध हुन्छ समर्थनम बेरस भन्ने पनि गरिन्छ । हाम्रो देशमा मात्र हो कि अरु देशमा पनि यो एउटा अध्ययनको बिषय देखिन्छ् । बिरोध र आलोचनाले सबैलाइ सहि मार्ग लैजान्छ । तर यो आफैमा सापेक्ष हुन्छ कि बस्तुघटना र परिस्थिको उपज । यसको प्रयोग सहि रुपम हुनु पर्ने होइन र ? हाम्रो यस्तो प्रवृृतिको बिकाश कसरी भयो ? यसका विभिन्न आयमलाई नहेरी भेटिन्न होला । नकारात्मक सोच किन हाम्रो समाजमा बढी देखियो धेरै कारण हुन सक्छ्न । व्यक्तिको चरित्र वा असल र सव्य समाज निरधार्णको कर्ता स्वयम ब्यक्ती नै हो ।

समाजमा हुने घटनाले नै व्यक्तिलाई उत्तेजित हरबखत बनाएको हुन्छ । त्यसैको आधारमा उसको सामाजलाइ बुज्ने मानसिक चित्रण कोरेको हुन्छ। सबैका वाद , धर्म र सिद्दान्त फरक छन् त्यसैको पैरवीमा लागेका पनि हुन्छ्न । यिनै कुरा एकाआपसमा फरक भएपछि बिचारहरु आफंैमा घोटिनु स्वभाविक पनि हो । बुझाइको तह र उमेर फरक हुनु, हाम्रै शिक्षा प्रणालिमा कमजोरिको वाई प्रोडक्ट यसलाइ लिन पनि सकिन्छ । राज्यको व्यवहार पनि सबै नागरिकमा समान नहुदा देखा पर्ने आक्रोशको प्रतिबिम्ब भन्न सकिन्छ । सामाजिक मूल्य मान्यता, अर्थ पुजि वा ब्यक्तिका इच्छा र चाहानामा अवरोध हुदा प्रकट भएका तरङको पनि नकारात्मक बिचार हो भन्न नसकिने होइन । यस्ता मानक हरेक समाजमा र कालखणडमा हुने नै भय यसको प्रभाबको गति उस्तै होला।तर अहिले हामी बढी नै नकारात्मक बनेका छौ यसको वास्तविक धरातल खोतल्नु आजको चुनौती बनेको छ ।

जे होस समाजको बिकाशको आफ्नै नियम हुन्छ । यस्ता सोच उत्पति हुने र बिलाप हुने चक्र नै चलिरहन्छ । ब्यक्ती आफ्नो बिचारको मालिक हो । झनै अहिलेको दुनियाँमा यसको प्रयोग गर्नु उसको आफ्नै जीवन विकाशको आधर पनि पनि हो । तर हामीले बोल्ने शब्द अनि बिचार उत्तेजनाले समाजलाई वा सन्तानलाई कुन दिशामा लैजान्छौ भन्ने कुरा प्रमुख हो । हाम्रो सोच बदल्न हाम्रा जीन्दगीका हरेक पाटाहरुको निर्मम समीक्षा गर्नु पर्दछ । सही बोली र व्यवहारबाट हिड्नुपर्छ । असल मार्ग हिडन सक्नुपर्छ । बहुलसमाजमा बिचारहरको यथार्थको खोजी गर्नु पर्छ । असहमतिको बीच सहमती कायम गर्नु पर्छ । नकारात्मक चिन्तन त्याग्नु नै बुद्दिमता देखिन्छ ।
लेखकः पेशाले शिक्षक हुन् ।