पर्यटन प्रर्वदन गर्न राम्चेढुङ्गामा पर्यटन मेला आयोजना हुदैं

159

-थम्मन थापा
मंसिर ६,
बागलुङ । प्रथम गल्कोट महोत्सवमा प्याराग्लाईडिङबाट गल्कोट उपत्यकाको दृश्यावलोकन गरिएपछी यो निकै लोकप्रिय बनेको छ । पहिलो पटक गलकोटको आकाशमा प्याराग्लाईडिङ उडान सफल भएपछि अहिले राम्चेढुङगा पर्यटन विकास केन्द्र गल्कोट नगरपालिका ७ मल्मले पर्यटन प्रर्वदन गर्न थप योजना अघि सारेको छ । प्रथम गल्कोट महोत्सवमा प्याराग्लाईडिङबाट गलकोट उपत्यकाको दृश्यावलोकन गरिएपछी यो निकै लोकप्रिय बनेको हो । केन्द्रले राम्चे ढुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन आगामी पौष १३ देखी १५ सम्म पर्यटन मेलाको आयोजना गरेको छ । पर्यटन विकासको लागि विविध पञ्च वर्षिय कार्ययोजना निर्माण गरि कार्यान्वयन गर्ने निर्णय गरिएको राम्चे ढुङगा पर्यटन विकास केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष विष्णु थापाले जानकारी दिए ।

राम्चेढुङ्गालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न अहिले आवश्यक पुर्वाधार गर्न लागिएको छ भनें केहि काम सम्पन्न समेत भईसकेको अध्यक्ष थापाले बताए । राम्चेढुङ्गामा प्याराग्लाईडिङको सफल परिक्षण भईसकेको हुॅदा अब पर्यटकीय गन्तब्य बनाउन सकिने सम्भावित क्षेत्र रहेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । थापाले राम्चेढुङ्गालाई पुर्बाधार विकासको लागी नगरपालिका, प्रदेश र केन्द्रमा विशेष योजना बनाएर अगाडी बढन आवश्यक छलफल भईरहेको जानकारी दिए । राम्चे ढुङ्गालाई गलकोट नगरपालिकाको एउटा पर्यटकीय आर्कषणको केन्द्र विन्दु बनाउन सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।
गलकोट महोत्सवको अवसर पारेर गत कात्तिक १७ गते उक्त स्थानबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । पाईलट दुर्योधन खड्का र निरञ्जन कुँवरले गलकोटको आकाशमा पहिलो पटक सफलता पूर्वक उडान भरेका थिए । प्याराग्लाइडिङमा चालक खड्काको १० वर्ष र कुँवरको ६ वर्षे अनुभव छ । उडानअघि धावनमार्ग र अवतरणस्थलको सम्भाव्यता अध्ययन गरिएको थियो ।

परीक्षण उडानका क्रममा मल्मको राम्चेढुङ्गा उत्तम पाइएको चालक खड्काले बताए । ‘तीनै ठाउँको सम्भावना राम्रो छ,’ उनले भने। भौगोलिक अवस्था, उचाइ, हावाको गतिलगायत कारणले उडान सहज बनेको उनको भनाइ छ । राम्चेढुङ्गा समुन्द्री सतहदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको छ । आवश्यक पूर्वाधार विकास गर्न सकेमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ शुरु गर्न सकिन्छ । प्याराग्लाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित परीक्षण उडान गरिएको थियो । केन्द्रले निकट भविष्यमा थप अध्ययन र पूर्वाधार विकास गरी प्याराग्लाइडिङ नियमित सञ्चालन गर्ने योजना बनाएको छ । सम्भाव्यता अध्ययन र परीक्षण उडानको व्यवस्थापन वडा कार्यालय र राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले गरेको हो । राम्चेढुङ्गालाई पर्यटकीयस्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । चालकले करिब १३ मिनेटको उडानपछि गलकोट नगरपालिका ९ बाँस्खोलामा अवतरण गरेका थिए । पहिलो पटक गलकोटमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएपछि स्थानीयवासी हर्षित बनेका थिए । त्यस्तै केन्द्रले आगामी पौषमा आयोजना गरेको पर्यटन मेलामा स्थानिय कला संस्कृति, खेलकुदसंगै स्थानिय अर्गानिक खानाका परिकारहरु मेलाको आकर्षकको रुपमा रहने केन्द्रले जनाएको छ । पर्यटन मेलामा स्थानिय तहका जनप्रतिनिधि, गलकोट क्षेत्रका सरोकारवालासंगै आन्तरिक पर्यटकहरुको उल्लेख्य सहभागी गराउने लक्ष्य रहेको जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले जानकारी दिए ।