इष्ट पोइण्टको आँगनीमा देउसी भैलो आउदाँ

247

कार्तिक १९,
भक्तपुर । सांस्कृति महत्वको यो पर्वलाई जोगाइ राख्न भक्तपुर कमलविनायकमा रहेको एक विद्यालयले देउसी भैली प्रतियोगीता नै आयोजना गर्दै आइरहेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडमीले यो वर्षपनि सोमबार काग तिहारको दिन उक्त प्रतियोगीता आयोजना गरेको हो । उक्त कार्यक्रममा विद्यालयको स्मारिका विमोचन गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृति परम्परा जोगाउन विद्यालयस्तरबाटै यस्ता खालका क्रियाकलाप गर्नु पर्नेमा जोड दिएका छन् । त्यसैगरि जिल्ला अदालत कास्की न्यायाधिस लालकाजी श्रेष्ठ, प्यावसन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीलयायतले सानासाना बालबालीका काचोँ माटो भएका उनीहरुलाई सकारात्मक सिकाईमा जोड दिन सके भोलीको देशको भविष्य उज्वल हुने बताएका छन् ।

जिल्लामा रहेका संस्थागत तर्फका १३ ओटा विद्यालयहरु उक्त प्रतियोगीतामा सहभागी भएका थिए । प्रतियोगीमा उत्कृष्ठ देउसी भैलो प्रस्तुत गर्दै प्रथमसन हासिल गरेका विनायक शिक्षा निकेतनका विद्याथीहरुले रनिङ्ग शिल्ड प्राप्त गरेका छन् ।
दोस्रोमा सनसाइन न्यासन स्कुल, तेस्रो माउण्ट भ्याली र सान्तोना स्थानमा क्रिर्यटिभ लर्नस विद्यालय रहेका छन् । प्रतियोगीतामा उत्कृट हुनेहरुलाई प्रमाणपत्र, शिल्ड सहित सम्मान गरिएको आयोजक विद्यालयका प्रार्चाय रमेशचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।