डोल्पामा जीप दुर्घटना हुदाँ १० जनाको मृत्यु

137
सांकेतिक तस्विर

कार्तिक १९,
डोल्पा । डोल्पामा सोमबार बिहान भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप कालागौडाभन्ने स्थानमा दुर्घटना भएको हो । जीप भेरी नदिमा खसेको डोल्पा प्रहरीले जनाएको छ । प्रहरीले २ जनाको जिवितै उद्धार गरेको जनाएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । -ratopati