राजपाका महामन्त्रीलाई भ्रष्टाचार मुद्धा

96

कात्तिक २०,
काठमाडौं । निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा एक करोड ११ लाख ६१ हजार ६ सय रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । सिंह गत बर्ष सहायक वन अधिकृत राजपत्राकिंत पाँचौँ पदबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए । उनलाई राजपाले प्रदेश सांसदको समानुपातिक सुचीमा समेत राखेको थियो ।