विपद ब्यबस्थापनमा चाँगुनारायण नगरपालिकाको प्रशंसा

306

-हेमराज ढकाल
साउन १०,
भक्तपुर । विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापनको क्षेत्रमा चांगुनारायण नगरपालिका गरेका कामहरुको सबैले प्रशंसा गरेका छन् । नगरपालिकाको विपद सुचना ब्यबस्थापन मंचको अहिलेसम्मको प्रगति तथा आगामी दिनमा कसरि यसलाई बिकसित गर्ने भन्ने छलफल कार्यक्रममा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख शंकरहरि आचार्यले चाँगुनारायण नगरपालिका आपतकालीन कार्य संचालन केन्द्र स्थापना गर्ने नेपालकै पहिलो नगरपालिका भएको जानकारी दिए ।

यसैगरी जिपिएस सहितको जिआइएस प्रणालीमा घरधुरी तथा सरकारी तथा निजि कार्यलायहरुको तथ्यांक संकलन गरेर चांगुनारायण नगरपालिकाले सबैका लागि उदाहरणीय काम गरेको बताए । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले चाँगुनारायण नगरपालिका विपदका हिसाबले भक्तपुर जिल्लाकै सबैभन्दा जोखिममा रहेकाले पूर्वतयारीका कामहरु गर्दै समुदायलाई उत्थान्शील बनाउन नगरपालिकाले अहिले गरेका काम उत्कृष्ट भएको बताए । विपद सुचना ब्यबस्थापन मंच तयार हुनु राम्रो भएको तर यसको दिगोपनाको लागि दक्ष जनशक्ति निर्माणमा पनि नगरपालिकाले ध्यान पुर्याउनु पर्नेमा उनले जोड दिएका छन् ।

भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले स्थानीय तहहरुले आफुलाई सक्षम बनाउनुका साथसाथै बिपदका समयमा जिल्ला तहका कार्यालयहसंग कसरी समन्वय गर्न सकिन्छ भन्नेमा पनि ध्यान पुर्याउन पर्ने बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिका नगर प्रमुख सोम मिश्रले आफ्नो नगरपालिकामा अन्तर्रािष्ट्रय गैर सरकारी संस्था तथा राष्ट्रिय गैर सरकारी संस्थाहरु नगरपालिकाको आवश्यकता अनुरुप संचालन भएको बताए । उनले प्रगति परियोजना मार्फत बिपदका क्षेत्रमा हाल भएका कामहरुको दिगोपनाका लागी नगरपालिका जिम्मेवारीताका साथ लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका बाढी पुनर्लाभ पुर्व प्रमुख डा सुमन कर्णले कार्यक्रममा गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, भिएसओका राष्ट्रिय निर्देशक जय शंकर लाल , फ्रेन्डस सर्भिस काउन्सिल नेपालका अध्यक्ष सुर्यबहादुर थापा, नेपाली सेना, सशस्त्र प्रहरी बल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका वाड अध्यक्षहरु, पत्रकार र विभिन्न विपदका क्षेत्रमा सक्रिय संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।