कोरोना संक्रमण बढिरहेको भन्दै भक्तपुर नगरपालिकाको गर्यो यस्तो निर्णय

604

भदौं २६,
भक्तपुर । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिए रहेको भन्दै भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायात संचालनमा रोक लगाएको छ । नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दुरीका यातायातहरू ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट १६ जना भन्दा बढी सिटका गाडीलाई जोर—बिजोर प्रणाली लागू गरी संचालन गर्ने भनी निर्णय गरेका थिए ।

नगर प्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाउन व्यवसायीलाई आग्रह गरेको छ ।
व्यवसायीहरुले मास्क, पञ्जा लगाई शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्नु पर्ने नगर प्रमुख प्रजापतिको भनाई छ । कोरोना भाइरस (कोभिड १९) रोग काठमाडौं उपत्यका लगायत विभिन्न सहरहरूमा दैनिक सयौंको संख्यामा संक्रमितहरू बढिरहेको नगरबासीलाई सचेत हुन आग्रह गरिएको छ । भक्तपुर नगर क्षेत्रमा २ सय १३ जनाभन्दा बढी संक्रमित भइसकेको नगरपालिकाले जानकारी दिएको छ ।