लुटेराले हानेको गोली लागेकी रचनाको अवस्था चिन्ताजनक

127

साउन १०,
अमेरिका । अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली चलाउँदा नेपाली चेलीलाई आठवटा गोली लागेको छ । गत सोमबार स्थानीय समयानुसार मध्यान्न सवा १२ बजे रचनालाई बड्डीज ह्यान्डी मार्ट नामक स्टोरमा एक लुटेराले गोली हानेका हुन् । उनको गाला, पिठ्युँ, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा आठवटा गोली लागेको र उनको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनका श्रीमान् कपिल श्रेष्ठले जानकारी दिएका छन् ।