जेठ १६,
काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण माध्यम अन्र्तगत सञ्चालन गरिने बताएका छन् । आगामी आर्थिक बर्षको बजेट भाषण प्रस्तुत गर्दै मन्त्री खतिवडाले पत्रकारिता क्षेत्रको विकासका लागि पत्रकारिता तथा आमसञ्चार अध्ययनका लागि अत्याधुनिक भवन निर्माण गरिने, सन्देशमुलक चलचित्रलाई कर छुटको व्यवस्था गरिएको बताएका छन् ।