Sunday, September 27, 2026
Home समाचार स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

74

मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना ३९ प १४३९ नम्मबरको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए। दुर्घटनामा गम्भीर घाइते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।