Thursday, September 24, 2026
Home समाचार यातायात क्षेत्रपछि बैदेशिक रोजगारीको क्षेत्रमा सिण्डिकेट तोड्दै सरकार

यातायात क्षेत्रपछि बैदेशिक रोजगारीको क्षेत्रमा सिण्डिकेट तोड्दै सरकार

108

जेठ ६,
काठमाडौं नेपाल प्रहरीले सरकारको निर्देशनमा मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाएको भन्दै वान स्टेप सेन्टर र भिएलएनका सञ्चालक राम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले ओएससी र भिएलएनका सञ्चालक श्रेष्ठलाई पक्रिएको हो । श्रेष्ठलाई भोलि म्याद थप गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । ओएससीले मलेसिया जाने कामदारको राहदानी संकलन गर्छ । यो कामका कम्पनीले २ हजार ८ सय रुपैयाँ शुल्क र भ्याट ३ सय ६४ गरी ३ हजार १ सय ६४ रुपैयाँ लिने गरेको छ । राहदानी दूतावाससम्म पुर्याउने भीएलएनले थप३ हजार ६ सय १६ लिन्छ । सरकारले मलेसियाले श्रमिकलाई आर्थिक भार पर्ने गरी विभिन्न बहानामा रकम असुल्ने राखेका कम्पनीले लिने शुल्क खारेज गरेको थियो ।