नर्भिक अस्पताल भन्छ: कोरोनाको बिरामी फेला परेकै छैनन्

178

चैत ८,
काठमाडौ । नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित भेटिएको भन्ने गलत हल्ला फैलिएपछि अस्पतालले यसबारे खण्डन गरेको छ । ‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।